१५३९ कोरोना संक्रमित थपिए

काठमाडौँ, ३१ भदौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ३ सय २७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार १०६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १६ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै ७ हजार ८ सय २० जना क्वारेन्टिनमा रहेका छन् ।
तपाईंको प्रतिक्रिया