बलात्कार आरोपमा तुलसीपुरमा एक जना पक्राउ
![](https://janamukhikhabar.com/wp-content/uploads/2020/06/Tulsipur-Police.jpg)
तुलसीपुर, २ असोज ।
हाडनाता करणी आरोपमा तुलसीपुरमा एक जना पक्राउ परेका छन् । उनलाई तुलसीपुर–१३ बाट प्रहरीले पक्राउ गरेको हो । करिब ३४ बर्षका ती आरोपीले १५ बर्षकी युवतीलाई बलात्कार गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
आरोपीलाई ईलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पिडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको र आरोपीलाई बलात्कार र हाडनाता करणी सम्बन्धी दुईवटै मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।
तपाईंको प्रतिक्रिया