संविधान दिवश: कार्यान्वयनको पक्षमा जोड
तुलसीपुर,३ असोज ।
आज संविधान दिवस। पाँच वर्षअघि आजकै दिन घोषणा भएको नेपालको संविधान–२०७२ आजबाट छठौं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले शुभकामना ब्यक्त गरेका छन । दिवशका अवसरमा जारी शुभकामना सन्देशमा संविधान कार्यान्वयनको पक्षलाई अझै गतिशील बनाउनुपर्ने दायित्व रहेकोमा जोड दिएका छन ।
उनले देश समृद्धिको दिशातर्फ अगाडि बढ्ने विश्वास समेत ब्यक्त गरेका छन । दाङ क्षेत्र नम्बर ३ का संघिय सांसद केसीले नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्न सबैको जिम्मेवारी रहन्छ, शन्देशमा उल्लेख गरिएको छ ।
तपाईंको प्रतिक्रिया