गढवामा सर्पदंश उपचार केन्द्रको उद्घाटन

 असोज ०४, २०७७

तुलसीपुर,४ असोज ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पछिल्लो समय सरकारी अस्पतालमा सुधार आएको बताउनु भएको छ । आइतबार दाङको गढवा गाउँपालिकामा सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै मुख्य मन्त्री पोख्रेलले स्वास्थ्य क्षेत्रमा प्रदेशमा उल्लेख सुधार भएपनि नागरिक स्तरमा सरकारी अस्पताल प्रतिको विश्वास नवढेको बताउनुभयो ।

उनले सरकारी अस्पतालमा विशेषज्ञ डाक्टर सहितको सुविधा छ, राम्रो उपचार भइरहेको छ, प्रदेशमा कोरोना सङक्रमित भएका बिरामीलाई उपचार गर्ने सक्ने आइसियू सहितका अस्पताल र पलाज्मा थेरापी सम्मका काम भइरहेको बताएका छन । अहिलेका अस्प्ताल पहिल्यै सरकारी अस्पताल जस्तै ठानेर निजीमा उपचार जानु भन्दा सरकारी अस्पतलबाटै सेवा सुविधा ल्याउन उहाँले आग्रह गर्नुभयो । यस्तै मुख्यमन्त्री पोख्रेलले कोरोना सङक्रमणले विश्वलाई नै आक्रान्त बनाइरहेको समयमा स्वास्थ्य मापदण्ड पालन गर्न र भिडभाडजन्य गतिविधि नगर्न पनि आग्रह गर्नुभयो ।

गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा सर्प विशेषज्ञ महेन्द्र कातिलाले सर्पदंशका विरामी अस्पतालमा लगेर उपचार गरेपछि निको हुने जानकारी दिनुभयो । गढवा गाउँपालिकाको एक करोडको लागतमा भवन निर्माण गरेर नेपाली सेनाको सहयोगमा सर्पदंश उपचार केन्द्र संचालनमा आएको हो ।

तपाईंको प्रतिक्रिया