दाङ-काठमाण्डौं हवाई सेवा सुरु, भाडामा एक सय दश रुपैया घट्यो

तुलसीपुर,५ असोज ।
लकडाउनका कारण वन्द रहेको हवाई सेवा असोज ५ गतेदेखि सञ्चालन गर्ने सरकारले निर्णय गरेसँगै तुलसीपुर टरीगाँउ विमानस्थलमा हवाई सेवा सुरु हुदै छ । पहिलो चरणमा सातामा ३ दिन सञ्चालन गर्ने गरी तयारी गरिएको तुलसीपुर केन्द्रका प्रमुख निमकान्त लम्सालले वताए ।
उनले केही दिनमै यात्रुको चापलाई मध्यनजर गरेर दैनिक २ उडान हुने जानकारी दिए । यसैगरी विमानसेवा पुनः सञ्चालनसँगै भाडा समेत घटेको छ । दाङ्ग काठमाडौको भाडा ५ हजार ७ सय ७० भएको छ भने काठमाडौको भाडा ५ हजार ९ सय ६० रहेको छ । तुलसीपुर स्टेशन प्रमुख लम्सालका अनुसार आउने र जाने दुवै तर्फ १ सय १० रुपैया घटेको हो ।
तपाईंको प्रतिक्रिया