सर्पदंश उपचार केन्द्रमा दुई जनाको उपचार
तुलसीपुर ।
दाङको देउखुरीमा सर्पदंशको उपचार केन्द्रबाट दुईजना सर्पले डसेका विरामी निको भइ घर फर्किएका छन् । सर्पदंश उपचार केन्द्र गढवामा पहिलोपटक, एकै दिन सर्पले डसेका गढवा गाउँपालिका वडा नम्बर ६ रामपुर निवासी ८० वर्षिय तुल्ला जोगि (मुसलमान) को औलामा र गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर निवासी ८ वर्षिय बालक रामकृष्ण पौडेलको खुट्टामा सर्पले डसेपछि उपचारको लागि गढवाको सर्पदंश उपचार केन्द्रमा पुगेका थिए ।
उनिहरू दुबैजना सफल उपचारपछि घर फर्किएकोे देउखुरी सर्पदंश उपचार केन्द्र गढवाका व्यवस्थापक जिवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यसभन्दा पहिला सर्पले डसेका विरामीहरू कपिलवस्तुको गोरूसिंङे, समशेरगंग उपचार गराउदै आएका थिए । गढवामा उपचारपछि सर्पले डसेका विरामीहरू बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको उहाँको भनाइ छ ।
तपाईंको प्रतिक्रिया