कोरोना रोकथामका लागी दाङमा १५ करोड बढी खर्च
तुलसीपुर ।
दाङका स्थानिय तहहरुले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १५ करोड रुपैयाँ बढी खर्च गरेका छन् । गएको चैत्र ११ गते पछि दाङका स्थानिय तहहरुले कोरोना संक्रमण रोकथामका लागि १५ करोड १२ लाख ७१ हजार ३ सय ५९ रुपैयाँ खर्च गरेका हुन् ।
लकडाउन सुरुभए यता क्वारेन्टाईन र आईसोलेशन निर्माण तथा व्यवस्थापन, नाकाबाट उद्धार, राहत वितरण, स्वास्थ्य जाँच केन्द्र सञ्चालन, स्वास्थ्य सामाग्री खरिद, एम्वुलेन्स सञ्चालन तथा व्यवस्थापन, क्वारेन्टाईन र आईशोलेशनमा बसेका नागरिकलाई खाना तथा खाजाको व्यवस्थापन, शव व्यवस्थापन सामाग्री खरिद, स्वास्थ्यकर्मीलाई भत्ता तथा बिमामा उक्त रकम खर्च भएको हो ।
जस अनुुसार जिल्लाका दश स्थानिय तहमध्ये सबैभन्दा धेरै राजपुर गाउँपालिकाले ३ करोड १३ लाख रुपैयाँ र सबै भन्दा कम दंगीशरण गाउँपालिकाले ३८ लाख ८३ हजार रुपैयाँ खर्च गरेका छन् ।
घोराही उपमहानगरपालिकाले २ करोड ४७ लाख ८९ हजार २ सय ९ रुपैयाँ, तुलसीपुर उपमहानगरपालिकाले २ करोड १ लाख २२ हजार रुपैयाँ, लमहि नगरपालिकाले एक करोड ७ लाख ७ हजार ६ सय ९ रुपैयाँ खर्च गरेका छन् ।
त्यसैगरी, गढवा गाउपालिकाले १ करोड ५२ लाख ९४ हजार ६ सय ८६ रुपैयाँ, राप्ति गाउँपालिकाले एक करोड ३९ लाख ५५ हजार ४ सय ७ रुपैयाँ, शान्तिनगर गाउँपालिकाले १ करोड ३१ लाख रुपैयाँ, बंगलाचुली गाउँपालिकाले १ करोड ८ लाख रुपैयाँ र बबई गाउँपालिकाले ७२ लाख ५९ हजार ६ सय ९९ रुपैयाँ खर्च गरेको जनाएका छन् ।
तपाईंको प्रतिक्रिया