बसन्तको फूलजस्तो रुप मेरो….

 असोज १७, २०७७

गजल
बसन्तको फूलजस्तो किन आज रुप मेरो ।
आफू सँगै हाँसिदिन्छ खुसी भई एकोहोरो ।।
कोपिला झैँ लाली जोवन फूलबनी मुस्कुराउँदा ।
बास्ना त्यसै फैलिदिन्छ लामो केस फिजाउँदा ।।
पतझरको मुनाजस्तो किन आज रुप मेरो ।
आँफैलाई प्यारो लाग्छ हेरिदिन्छु एकोहोरो ।।
बादलुले ढाक्न खोज्छ मेरो सुन्दर मुहारलाई ।
हावा आई छेक्न खोज्छ मेरो आफ्नो बेगलाई ।।
चन्चले त्यो नदिजस्तो किन आज रुप मेरो ।
भाग्न खोज्छ आँफैसँग टाढिदैँछ एकोहोरो ।।
बसन्तको फूलजस्तो किन आज रुप मेरो ।
आँफै सँग हाँसिदिन्छ खुसी भई एकोहोरो ।।
यमराज के.सी., तुलसीपुर

तपाईंको प्रतिक्रिया