रोल्पामा भिरबाट लडेर एक महिलाको मृत्यु

 ९ मिनेट अगाडि

रोल्पा । रोल्पामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका ६ जारखोला रोल्पा निवासी बर्ष ४५ वर्षिय दिल कुमारी खड्का रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घर नजिकैको भिरममा खर काट्ने क्रममा खड्का बुधबार दिउँसो ४ः१५ बजेको समयमा लडेर मृत्यु भएको प्रहरीको भनाई छ । भिरबाट लडेर करिब दई सय मिटर तल पुगेको खड्काको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।

तपाईंको प्रतिक्रिया