दाङका दुई स्थानबाट ५ लाख रुपैया सहित १८ जुवाडे पक्राउ
तुलसीपुर ।
दाङमा ५ लाख बढि रुपैया सहित १८ जना जुवाडे पक्राउ परेका छन । दाङको बबई गाउँपालिका र राप्ती गाउँपालिकाबाट उनिहरुलाई गयराती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले पजनाएको छ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसँहनिया बजारमा रहेको दर्शन खाजा घरबाट १० जना र बबई गाउँपालिका वडा नमवर ३ धनुवासबाट ८ जना गरी १८ जना जुवाडेलाई जुवाको खालबाट प्रहरीले पक्राउ गरेको हो ।
देउखुरीको सिसँहनियाबाट २ लाख ६० हजार एक सय २५ रुपैयाँसहित १० जना र बबईबाट २ लाख ६१ हजार ९ सय ९० रुपैयाँसहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए । पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका वडा नम्बर ७ निवासी वर्ष ३७ का दिपेन्द्र बिक्रम शाह, वडा नम्वर ५ बस्ने वर्ष २९ का मोहन गाहा मगर, सुनिलस्मृति गाउँपालिका वडा नम्बर ७ रोल्पा निवासी वर्ष २८ का नारायण रोका मगर, राप्ती गाउँपालिका २ निवासी वर्ष ३० का बिक्रम राना, वडा नम्वर ८ बस्ने वर्ष ३० का श्याम गुरूङ, वडा नम्वर २ बस्ने वर्ष २८ का बसन्त बेल्वासे,वडा नम्वर ४ बस्ने वर्ष ३० का लक्ष्मण गिरी, वडा नम्वर ५ बस्ने वर्ष ३० का छोटेलाल चौधरी, वडा नम्वर ८ बस्ने वर्ष ४५ का बेल सिंह भैयामगर र वडा नम्वर २ बस्ने वर्ष ३८ का युवराज बुढा रहेका छन् ।
यस्तै गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरी टोलीले बबई ३ धनुवास बस्ने वर्ष ३७ को केशव भन्ने केश कुमार विक, सोहि ठाउँका वर्ष ४३ का लोक बहादुर खड्का, वर्ष ४९ का पर्साराम विक, वर्ष २४ का शेर बहादुर विक, वर्ष २४ को प्रेम पुन, वर्ष ३२ का विमल भन्ने बिन बहादुर घर्ती, वर्ष २९ का विक्की नेपाली, वर्ष २९ का भीम बहादुर भन्ने भाइलाल नेपाली रहेका छन् । पक्राउ परेका व्यक्तिहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरेर कारबाही गरिने प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया