कांग्रेसले बुटवलमा निकाल्याे राँके जुलुस

 असोज १७, २०७७


तुलसीपुर ।

प्रदेश ५ को राजधानी दाङमा सार्ने निर्णयविरूद्ध नेपाली कांग्रेसले बुटवलमा राँके जुलुस निकालेको छ । कांग्रेस रुपन्देहीको शनिबार बसेको बैठकले साँझ बुटवलका १९ वटै वडामा जुलुस निकाल्ने निर्णय गरेकाे थियोे ।

अान्दाेलन अन्तरगत काङ्ग्रेसले आइतबार रुपन्देही बन्द गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले राजधानी दाङकाे भालुबाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव शुक्रबार प्रदेश सभामा पेश गरेकाे छ ।

तपाईंको प्रतिक्रिया