दंगिशरणमा युुवा सञ्जालले बाड्यो खेलकुद सामाग्री
तुलसीपुर ।
दंगीशरण गाँउपालीका वडा नम्बर २ का युवाहरुलाई खेलकुद सामाग्री वितरण गरिएको छ । गाउँपालिका स्तरीय युवा संजालको आयोजनामा उक्त सामग्रि वितरण गरिएको हो । नेकपा युवा नेता, समाजसेवी एम.एन शाह, युवा खुसीराम चौधरी,अजय चौधरी,मनोज आचार्य,किरण भण्डारीको आर्थिक सहयोगमा सामाग्री वितरण गरिएको थियो ।
संजालको अध्यक्ष सि.एम. विश्वकर्माको अध्यक्षता एवम् राष्ट्रिय सभा सदस्य कोमल वलिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुुख अतिथि वलीले युवाहरु लागुऔषध सेवन नगरी अनुशासन ढङ्गले खेल्दै गए असल खेलाडी बन्न सकिनेमा जोड दिईन । त्यस अवसरमा उनले वडाका युवाहरुलाई खेल मात्रै नभई उद्यमी, व्यवसायी बन्न आफुले सहयोग बताएकि थिईन ।
साथै उक्त वडालाई जोड्ने तुईसोताको पुल निर्माण तथा बेल्टाकुरा र सिमलकुना जोडने पक्की पुल निर्माण आफैले पहल थालेको बताईन । कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य तथा समाजसेवी एम.एन. शाह , जिल्ला युवा समिति दाङका निवर्तमान अध्यक्ष सुरेश कुमार रावत, अनेरास्ववियू अनुशासन विभाग केन्द्रीय सदस्य बिरवल खड्का , नेकपा गाउँपालिका कमिटी सदस्य डम्बर खत्री , नेकपा वडा कमिटीका अध्यक्ष यशोधा घिमिरे , सचिव ईन्द्र देवकोटा, नेकपाका युवा नेता जितेन्द्र खडका, पत्रकार हेमराज डागी लगायतको सहभागीता थियो ।
संजालकी सदस्य सुनिता चौधरीले स्वागत मन्त्व्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संजालका सचिव प्रविण योगीले गरेका थिए ।
तपाईंको प्रतिक्रिया