देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९

 असोज १८, २०७७

काठमाडौँ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, खोटाङका ३, झापाका १६, भोजपुरका १, मोरङका ८१, संखुवासभाका १, सुनसरीका ८, धनुषाका ९, पर्साका ८, बाराका ७, महोत्तरीका १, रौतहटका ५, सप्तरीका ३, सर्लाहीका ६, सिरहाका ७, काठमाडौँका १३७३, काभ्रेका १०, चितवनका ५२, दोलखाका २, धादिङका ८, नुवाकोटका १४, भक्तपुरका ३९, मकवानपुरका २२, रसुवाका २, रामेछापका २, ललितपुरका १८७, सिन्धुपाल्चोकका ८, कास्कीका ४ र तनहुँका १९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै नवलपरासीपूर्वका ४०, लमजुङका ७, बागलुङका ३, स्याङ्जाका ४, कपिलवस्तुका ४, गुल्मीका ४, दाङका ९, नवलपरासीका १, पाल्पाका १५, प्यूठानका ५, बर्दियाका १३, बाँकेका ५०, रुपन्देहीका ५२, कालिकोटका १, दैलेखका ८, रुकुमपश्चिमका २, सल्यानका २, सुर्खेतका ५४, कञ्चनपुरका २१, कैलालीका ५५, डडेल्धुराका १, बझाङका १ तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आइतबार १३२९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ८४ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ । हाल ४ हजार २ सय ३ जना क्वारेन्टिनमा छन् ।

तपाईंको प्रतिक्रिया