कोरोनाबाट थप ९ जनाको मृत्यु

 असोज २०, २०७७

काठमाडौँ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र पाँच पुरुष छन् । तेह्रथुमका ३१ वर्षीय पुरुष, सुनसरीका ६४ वर्षीय पुरुष, काठमाडौँका ५९ र ६० वर्षीया महिला, ललितपुरकी ६७ वर्षीया महिला तथा ६१ र ७७ वर्षीय पुरुष, चितवनका ७७ वर्षीय पुरुष र नवलपरासीपूर्वका ७७ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ६३ पुगेको छ ।

तपाईंको प्रतिक्रिया