नगरप्रमुख पाण्डेलाई कोरोना संक्रमण
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । फिभर देखिएपछि असोज २० गते मंगलबार नगरप्रमुख पाण्डेको स्वाब लिइएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेक गर्दा उनको कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ आएपछि नगरप्रमुख पाण्डेले सबैलाई सहज रहन अनुरोध समेत गरेका छन् । ‘जनताको काममा खटिएका बेलामा संक्रमण भएपनि जनतामै मायाले छिटै निको हुने विश्वास छ ’ उनले भनेका छन् ।
अहिले उनी होम आइसोलेसनमा वसेको नगरप्रमुखका प्रेस संयोजक वसन्त आचार्यले जानकारी दिएका छन् ।
तपाईंको प्रतिक्रिया