३२९ जना आईसीयू र ७६ जना भेन्टिलेटरमा

 असोज २५, २०७७

काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा ७०२ महिला र १२६९ पुरुषमा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संंख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १५५२ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३१ हजार ३१५ संक्रिय संक्रमित छन् । १७ हजार ६६६ होम र १३ हजार ६४९ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२९ जनाको आईसीयू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया