तुलसीपुरमा थपिए १६ संक्रमित
तुलसीपुर ।
तुलसीपुरमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट लिएको स्वाबमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा ६ जना महिला र १० जना पुरुष रहेको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।
संक्रमित हुनेहरुमा वडा नम्बर ६ का २९, २८, २५, ४९, ३२, ३७, २८ वर्षका ८ जना पुरुष र १८, २७ र ४७ वर्षका ३ जना महिला रहेका छन् । यस्तै वडा नम्बर ५ का २८, ४१ र ४३ वर्षिय तिन जना महिला, वडा नम्बर ४ का ३३ वर्षका एक जना पुरुष र वडा नम्बर ७ का ३८ वर्षिय पुरुष रहेको फोकल पर्सन केसीले जानकारी दिएका छन ।
यो संगै तुलसीपुरमा संक्रमित हुनेको संख्या ३ सय २४ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ सय ६ जना रहेको छ ।
तपाईंको प्रतिक्रिया