आइपिएल: दिल्ली शीर्षस्थानमा उक्लियो

 असोज २९, २०७७

एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राती सम्पन्न आइपिएलको ३० औं खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै मुम्बई इन्डियन्सलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिन सफल भएको हो । १ सय ६२ रनको मध्यम लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रन बनायो ।

यो जितसँगै दिल्ली ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई र बेंगलोरको अंक तालिकामा समान १० अंक छ । नेट रन रेटको आधारमा मुम्बई शीर्ष र बेंगलोर तेस्रो स्थानमा छन् । कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ।

सनराइजर्स हैदराबाद ८ खेलमा ५ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलमा ५ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान ८ खेलमा ५ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

तपाईंको प्रतिक्रिया