सांसदलाइ दशैं भत्ता फिर्ता गर्न लगाउँदै दलहरु
तुलसीपुर ।
देश कोरोना भाइरसले आक्रान्त बनेको र नागरिक उपचार खर्च नपाएर छट्पटाइरहेको अवस्थामा सांसदहरुले दशै भक्ता लिएको भन्दै चौतर्फि बिरोध भएपछि औपचारिक निर्णय रुपमा निर्णय गरेरै सांसदहरुले दशै भक्ता फिर्ता गर्न थालेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पाटी नेकपाका सबै सांसदले दसैं भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले दसैं भत्ता वापतको रकम कोरोना कोरोना जम्मा गर्ने निर्णय भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री तथा मन्त्रीहरुले दसैँ भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यस्तै, नेपाली काँग्रेसले पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना सबै सांसदहरुले दसैँ भत्ता बापत पाउने रकम फिर्ता गर्ने निर्णय गरेको काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।
तपाईंको प्रतिक्रिया