रिहार धामको मुर्ती हरायो
देउखुरी ।
दाङको प्रसिद्ध धार्मिक स्थल बगारबाबा धार्मिक विकास क्षेत्र भित्र रहेको मुर्ती हराएको छ । बगारबाबा शिव मन्दिर भित्र रहेको चर्तुमुख भएको शिवजीको मुर्ती एक हप्तादेखि हराएको मन्दिरका पुजारीराम चौधरीले जानकारी दिनुभयो । सधै खुल्ला रहने उक्त मन्दिर भित्र रहेको मन्दिर भित्र रहेको मुर्ती चोरी भएको हुन सक्ने बताइएको छ ।
सरकारको सय पर्यटकिय गनतव्य मध्येको एक बगारबाबा रिहार धामको मन्दिरको नजिकै प्रहरी चौकी रहेपनि प्रहरीलाई समेत झुक्काएर मुर्ती चोरी भएको छ । प्रहरी चौकी रिहारका प्रमुख पवन चौधरीले मन्दिरमा पुजा गर्न दैनिक जसो मत्तजन आउने भएकाले आफुहरुले मन्दिर क्षेत्रको सुरक्षा भन्दा अनेत्र सुरक्षा दिने भएका कारण मन्दिरबाट मुर्ती चोरी भएको जानकारी नपाएको बताउनुभयो । प्रहरीले मुर्तीको खोजी कार्य जारी राखेको जनाएको छ । रिहार धार्मिक स्थलकोे विषयमा अध्यन अनुसन्धान गर्नुभएका उदयराज आलेले उक्त मुर्तीको प्रशङ द्धापर युगसंग जोडिएको भएपनि मुर्ती पछी स्थापना गरिएको जानकारी दिनुभयो ।
हालसम्म उक्त शिला नभेटिपछी अर्को शिलाको व्यवस्थापन गरिएको छ । ७५ किलोग्रामको भौडी ढुङ्गालाई काँधमा राखेर बगार बाबा मन्दिरको परिक्रमा गर्ने हो भने इच्छाएको कुरा पुरा हुने बिश्वास गरिन्छ । ढुङ्गा बोक्न भक्तालुको होडबाजि माघे संक्रान्तिको अबसरमा रिहारमा ठूलो मेला लाग्ने गर्छ । बगार बाबा मन्दिर परिसर भित्र रहेको उक्त ढुङ्गा उठाउने हरूको यहाँ होडवाजी नै चल्छ । कस्ले उठाउन सक्छ भन्दै एक आपसमा बाजि पनि थाप्ने चलन छ । यो प्रचलन वर्षौ पहिले देखि चल्दै आएको छ । बगार बाबाको भौडी ढुङ्गा उचाल्न सक्नेहरु बीर र सफल व्यक्ति कहालिन्छन् । तर, सोही ढुङ्गा नै हराएपछि रिहारको महत्वमा कमि आउने लमही नगरपालिका वडा नम्बर ८ सतवरीया निवासी सुरज चौधरीले बताए ।
तपाईंको प्रतिक्रिया