अब प्रतिष्ठानमा पनि अक्सिजन सहितको बेड
तुलसीपुर ।
नोबेल कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर अक्सिजनसहितको ६ हजार बेडको व्यवस्था गर्ने भएको छ । सात प्रदेशका गरि झन्डै ५० अस्पतालहरुमा अक्सिजनसहितको बेड स्थापनाका लागि मन्त्रालयले ४ अर्ब २५ करोड २७ लाख २० हजार रुपैयाँ समेत पठाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ को धरान स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल र मेची अस्पताल, प्रदेश २ को वीरगञ्जस्थित नारायणी अस्पताल, जनकपुर अस्पताल र सगरमाथा अस्पताल, बागमती प्रदेशको भरतपुर अस्पताल, हेटौँडा अस्पताल र धुलिखेल अस्पताललाई २५÷२५ बेडको हाई डिपेन्डेसी युनिट सञ्चालनका लागि बजेट पठाइएको छ ।
यस्तै, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बागलुङ अस्पताल र गोरखा अस्पताल, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल, कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पताल र जाजरकोट, सुदूरपश्चिम प्रदेशको सेती अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा पनि २५÷२५ बेडको हाई डिपेन्डेसी युनिट सञ्चालनका लागि बजेट पठाइएको छ ।
तपाईंको प्रतिक्रिया