थारु समुदायमा दशैंको रौनक

 कार्तिक ०९, २०७७

तुलसीपुर ।
थारु सामुदायमा जमरा र बामरी फुलको बास लिदै सबैको घरघरमा दशै भित्रि सकेको छ । युवा पुस्ता सखिया नाच र बृद्धबृद्धाहरु बर्किमार गितमा झुम्मिएर रमाइरहेका छन् । नवमीको दिन थारु समुदायका नागरिकले कुखुरा पुज्ने र पित्तर दिने चलन छ । जुन दिन गाँउको थन्वा अर्थात मन्दिरमा पुगेर देवता र गाँउको बरघरलाई टिका लगाउने गरीन्छ ।

त्यसैले यो दिनलाई पित्तरवा अथवा गाँउलेको टिकाको दिन पनि भनिन्छ । माघी पर्वलाई थारु सामुदायको माघीपछिको महत्वपूर्ण चाडका रुपमा लिइन्छ । पितृहरुलाई सम्झनको लागि दशैँ पनि थारु समुदायको महत्वपूर्ण चाड बनेको मानवअधिकारकर्मी तथा साहित्यकार सुशिल चौधरीको भनाइ छ । पहाडी सामुदायमा राम र रावनको कथा सुनाउने गरिएजस्तै थारु सामुदायमा पाण्डव र कौरवको कथामा आधारीत बर्किमार गित गाउने गरीन्छ ।

बर्दिया, बाँके, दाङ, कैलाली, कञ्चनपुरका थारुहरुको थर र संस्कृतिमा केही भिन्नता भए पनि दसैँ मनाउने शैलीमा धेरैजसो एकरुपता देखिने गरेको छ ।

फोटो नविन चौधरीको फेसबुकबाट

तपाईंको प्रतिक्रिया