देशभर थपिए २३६४ जना कोरोना संक्रमित

 कार्तिक १३, २०७७

काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा २३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९७ सय ६९ जनामा आरटिपिसिआर गर्दा २३ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । अधिकारीका अनुसार आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३ सय ६४ जना संक्रमित हुँदा काठमाडौं उपत्यकामा मात्रै १६ सय १५ जना रहेको डा. अधिकारीले जानकारी दिनुभयो । त्यस्तै गएको २४ घण्टामा ३०३८ जना उपचार पछि निको भएर घर फर्किएका छन् । आजै काठमाडौं उपत्यकामा मात्रै १६१५ संक्रमित थपिएका छन् ।

तपाईंको प्रतिक्रिया