कोरोनाबाट दाङका एक पुरुषको मृत्यु

नेपालगञ्ज ।
कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । कात्तिक ९ गते उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएका दाङको राप्ती गाउँपालिका वडा नम्बर १ का ६५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । कार्तिक १० गते उनलाई कोरोना पुष्टि भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनको बिहीबार दिउँसो ३ः५० बजे मृत्यु भएको हो । हालसम्म जिल्ला बाहिरबाट उपचारका लागि आएका १७ जनाको कोरोनाबाट मृत्यु भएको श्रेष्ठले जानकारी दिए। उनका अनुसार कोरोनाबाट बाँकेका ३० जनाको मृत्यु भएको छ ।
तपाईंको प्रतिक्रिया