प्रादेशिक अस्पताल अब दुई सय बेडमा सञ्चालन हुने

 कार्तिक १४, २०७७

तुलसीपुर ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको स्तर वृद्धि भएको छ । सचिव स्तरीय निर्णयबाट अस्पताललाई २ सय बेडको स्वीकृत प्रदान गरिएको छ । यस अघि ५० बेडको स्वीकृत भएपनि ९५ बेडमा संचालन हुदै आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय बैठकको निर्णयले अस्पताल व्यवस्थापन संचालनका लागि १० करोड पाँच लाख बजेट समेत विनियोजन गरेको छ । यसका लागि लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाले सम्बन्धित अस्पतालहरुलाई कार्यान्वयनका लागि परिपत्र समेत गरिसकेको छ ।

तपाईंको प्रतिक्रिया