कोलकाताको प्ले अफ सम्भावना कठिन
इन्डियन प्रिमियर लिग (आइपिएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । बिहिबार राती सम्पन्न खेलमा कोलकाता चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै प्ले अफको सम्भावना कठिन बनेको छ । जितका लागि १ सय ७३ रन पछ्याएको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक पर्दा चेन्नईले ४ बलमा ३ रन जोडेको थियो । कमलेश नगरकोटीले फ्याँकेको उक्त ओभरको अन्तिम दुई बलमा रविन्द्र जडेजाले दुई छक्का प्रहार गर्दै चेन्नईको जित पक्का पक्का गराए । जडेजा ११ बलमा २ चौका र ३ छक्का सहित ३१ रनमा अविजित रहे । साम करन १४ बलमा १ चौका सहित १३ रनमा अविजित रहे ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रन बनायो । कोलकाता ओपनर नितेश राणाले ६१ बलमा १० चौका र ४ छक्का सहित सर्वाधिक ८७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् ।
यो हारसँगै कोलकाताको प्ले अफको सम्भावना कठिन बनेको छ । अब कोलकाता अन्य टोलीमा निर्भर रहनुपर्ने हुन्छ । कोलकाताले अन्तिम खेल आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ । चेन्नईले अन्तिम खेल आइतबार किंग्स इलेभेने पन्जाबसँग खेल्ने छ ।
तपाईंको प्रतिक्रिया