कोरोनाबाट दाङका एक पुरुषको ज्यान गयो

 कार्तिक १५, २०७७

काठमाडौं ।

कोरोनाका कारण दाङका थप एक पुरुषको ज्यान गएको छ । जिल्लाको घोराही उपमहानगरपालिका ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान ५ बजे ज्यान गएको हो । कात्तिक ११ गते आइसियूमा भर्ना गरिएका उनलाई कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो ।

बाँके जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा सुधार नआएपछि शनिवार विहान उनको ज्यान गएको हो । यो सँगै बाँके जिल्लामा हालसम्म ४८ जना संक्रमितको ज्यान गएको छ । जसमा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जना र बाँकेका ३० जना रहेका छन् ।

तपाईंको प्रतिक्रिया