वालबिवाह हुने जिल्लामा प्युठान पहिलो,दोस्रोमा दाङ

 कार्तिक १५, २०७७

तुलसीपुर ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ९ जिल्लामा बाल विवाह भइरहेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । वितेको तीन आर्थिक वर्षमा भएको बाल विवाहको आधारमा प्युठानमा सबैभन्दा बढी १९ वटा बालविवाह भएको तथ्याङ्क सार्वजनिक भएको हो । प्युठानमा आर्थिक वर्ष ०७४,०७५ मा १२, ०७५,७६ मा ६ र ०७६,७७ मा १ वटा बालविवाह भएको जनाएको छ । त्यसपछि यो अवधिमा दाङमा १३ बाल विवाह भइरहेको प्रहरी तथ्यांकले देखाएको छ ।

बाल विवाह हुने तेस्रो जिल्लामा बाँके पर्छ । यस अवधिमा त्यहा ८ जनाको बालविवाह भएको छ । अर्घाखाँचीमा हरेक वर्ष एक एक जना गरी तीन जना र गुल्मीमा २ जनाको बाल विवाह भएको छ ।
बर्दिया, रुपन्देही, कपिलवस्तु र रुकुममा एक एक वटा मात्र बाल विवाह भएको छ । त्यही अवधिमा नवलपरासी, पाल्पा र रोल्पामा ३ वर्षमा एउटा पनि बाल विवाह नभएको बताईएको छ । यता लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी वरिष्ट उपरीक्षक राज कुमार बैदवारले अशिक्षा, गरिबी, बेरोजगार र विभेदका कारण बाल बिवाह भएको बताएका छन ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले १५ दिने बाल बिवाह बिरुद्ध प्रहरी अभियान कार्यक्रम सञ्चालन गरेको छ ।

तपाईंको प्रतिक्रिया