तुलसीपुरमा १२ संक्रमित थपिए,सक्रिय संक्रमितको संख्या १३९
तुलसीपुर ।
तुलसीपुरमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट संकलन गरिएको स्वाव पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा सात जना पुरुष र ५ जना महिला गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।
संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का एक पुरुष र एक महिला गरी दुई जना,वडा नम्वर ६ का एक पुरुष र एक महिला गरी दुई जना, वडा नम्वर ७ का दुई पुरुष , वडा नम्वर ९ का एक महिला, वडा नम्वर १६ का एक पुरुष, वडा नम्वर १७ का एक पुरुष र एक महिला गरी दुई जनामा कोरोना पुष्टि भएको उनले बताएका छन् ।
यस्तैगरी वडा नम्वर १९ का दुई पुरुषमा पनि कोरोना देखीएको हो । वडा नम्वर १२ का एक जनाको भने पुन परीक्षण गर्दा कोरोना पोजेटिभ देखएको हो । यो संगै तुलसीपुरमा हाल सम्म कोरोना संक्रमितको संख्या ५२८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १३९ रहेको छ । साथै कोरोना मुक्त हुनेको संख्या ३९० रहेको बताईएको छ ।
तपाईंको प्रतिक्रिया