पूर्व सभामुख महरा पत्नी सीताको पशुपतिमा दाहसंस्कार

 कार्तिक १९, २०७७

तुलसीपुर ।

पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा पत्नी सीता महराको कोरोना संक्रमणबाट निधन भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङ स्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं लगेर नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिकमा कोरोना परिक्षण गर्दा सङ्क्रमण देखिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा आज विहान निधन भएको हो । उनलाई अन्तीम श्रद्धाञ्जली दिन आफन्तजनहरु पशुपति आर्यघाट पुगेका थिए । त्यस क्रममा पुर्वसभामुख महरा,छोराहरुले श्रद्धाञ्जली दिएका थिए । उनको पशुपतिमा नै दाहसंस्कार गरिएको छ ।

तपाईंको प्रतिक्रिया