बबईमा कार्तिक भित्र उपभोत्ता समिति गठन गरिसक्नुपर्ने

तुलसीपुर ।
आर्थिक बर्ष २०७७०७८ को लागी विनियोजन विकास निर्माणका योजना सम्पन्न गर्न जिल्लाका पालीकाले तयारी थालेका छन । यसैक्रममा बबई गाउँपालीकाले पनि वडास्तरमा उपभोक्ता समिती गठन प्रक्रिया सुरु गरेको छ । गाउपालिकाको वडा नम्बर ६ कटकुइयाको भित्री चौपारीमा योजना सम्पन्न गर्नका लागी वडा अध्यक्ष रामबहादुर डाङ्गी, वडा सदस्य भोला बुढाथोकी लगायतको सहभागीतामा वडा बासिको सहभागीता रहेको थियो ।
वडाका योजना सम्पन्न गर्न सबै वडामा उपभोक्ता समिति गठन गर्न प्रक्रिया सुरु भएको गाउँपालीकाका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिएका छन । आर्थिक बर्षको अन्त्यमा गरिने विकासको अन्त्य गर्न कार्तिक भित्र सबै वडामा उपभोत्ता समिति गठन गरिसक्न गाउँपालीकाले निर्देशन दिएको प्रेस संयोजक प्रेम बहादुर राम्जाले जानकारी दिएका छन ।
तपाईंको प्रतिक्रिया