एकैदिन ४५०० डिस्चार्ज

 कार्तिक २१, २०७७

काठमाण्डाै ।

नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ८८ हजार आठ सय ८३ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार दुई हजार नाै सय नाै जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा चार हजार पाँच सय जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ५२ हजार नाै सय आठ पुगेको छ ।

अब नेपालमा ३४ हजार नाै सय पाँच जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै एक हजार दुई सय ५४ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ७० पुगेकाे छ ।

तपाईंको प्रतिक्रिया