कोरोना संक्रमणबाट दुई जनाको ज्यान गयो

 कार्तिक २१, २०७७

तुलसीपुर ।

दाङका थप दुई जना कोरोना संक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार राती भेरी अस्पताल नेपालगन्जजमा उपचारका क्रममा लमही नगरपालिका १० का ६४ बर्षीय पुरुषको मृत्यु भएको स्वस्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनको १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब संकलन गरिएकोमा १४ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाई सोहीदिन कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना गरेर उपचार शुरु गरिएको थियो ।
तर अवस्थामा सुधार नआएपछि १९ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । यस्तै, तुलसीपुरकी एक २० बर्षीया सुत्केरीको कोरोनाका कारण बाँकेमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी संक्रमित ती महिलाको बच्चा जन्मि सकेपछि कोरोनाका कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनी कात्तिक १६ गते प्रसुती सेवाका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी थिइन । १७ गते बच्चा जन्माएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । १८ गते आशंका लागेर १८ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमन पुष्टि भएको थियो । त्यसपछि उनलाई उपचार थालिएकोमा सुधार नभएपछि आज दिउँसो मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया