कोरोनाबाट दाङका एक शिक्षकको निधन
तुलसीपुर ।
दाङका एक शिक्षकको कोरोना संक्रमणका कारण निधन भएको छ । घोराही उपमहानगरपालीका वडा नम्बर १५ निवासी मदनकुमार शर्माको कोरोना संक्रमणबाट निधन भएको हो । उनको नेपालगञ्जमा उपचारको क्रममा निधन भएको श्वास्थ्य कार्यालय बांकेले जनाएको छ ।
शर्मा मावि भ्युडहर सुनपुर भमकेका प्रधानाध्यापक भई कार्तिक १ गते देखि मावि गोग्लीमा सरुवा भएका थिए । शर्मा एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष समेत थिए ।
तपाईंको प्रतिक्रिया