२७५३ मा संक्रमण पुष्टि

 कार्तिक २२, २०७७

काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण गर्दा १०७७ महिला र १६७६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । उनहिरुमध्ये एक हजार ८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २२०६ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३५ हजार ४३५ सक्रिय स.क्रमित छन् । उनीहरुमध्ये २८ हजार ९२० होम आइसोलेसनमा छन् भने ३६५ जनाको भेन्लिटेलर र ७६ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया