कोरोनाबाट सल्यानमा पहिलोपटक एक पुरुषको मृत्यु

 कार्तिक २३, २०७७


बुद्धि पुन, सल्यान ।
सल्यानमा कोरोना संक्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ दारिमचौरका ६७ बर्षिय पुरुषको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो । केहीदिन अगाडी ज्वारो, रुघाखोकीले च्यापेपछि उपचारका लागि दाङ्ग लगिएको थियो । उहाँको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको र कोहोलपुरमा स्वाव संकलन गरेर अस्पतालमा भर्ना गरिएको भोलीपल्ट नै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

उहाँको मृत्यु भएसकेपछि पिसी आर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सल्यानका कोरोना स्रोत व्यक्ति रिखाराम पुनले जानकारी दिनुभयो ।
कोरोनाबाट संक्रमितको मृत्यु भएपछि जिल्लाको ठुलो व्यापारिक केन्द्र श्रीनगर बजार एक साताका लागि सिल गरिएको छ । श्रीनगरमा रहेका केही व्यापारीहरुमा समेत कोरोनासंग मिल्दोजुल्दो लक्षण देखापरेपछि र मृतक व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु र उपचारमा संलग्न व्यक्तिहरुको स्वाव संकलन गरी पिसिआर रिपोर्ट नआउदा सम्मका लागि बजार सिल गरिएको शाारदा नगरपालिका वडा नं. १ का वडाध्यक्ष नवराज वुढाथोकीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया