तुलसीपुरमा १३ संक्रमित थपिए,सक्रिय संक्रमितको संख्या २०५

 कार्तिक २५, २०७७

तुलसीपुर ।
तुलसीपुरमा सोमवार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट लिएको स्वावमा पिसिआर परिक्षण गर्दा तुलसीपुरमा थप १३ जना नँया र १ जनामा पुनः संक्रमण देखिएको छ । थपिएका संक्रमित पुरुष ९ र महिला ४ जना रहेको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन ।

यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ६०१ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २०५ रहेको छ । यस्तै हालसम्म कोरोना मुक्त हुनेको संख्या ३९६ रहेको छ भने तुलसीपुरका ८ जनाको कोरोनाबाट ज्यान गएको छ ।

तपाईंको प्रतिक्रिया