पूर्वाधार विकासमा मिलेर अघि बढौं: मुख्यमन्त्री शाही
तुलसीपुर ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले दाङ्ग कर्णाली प्रदेशको आधार भएको वताएका छन् । कर्णालीको मुख्यबजारका रुपमा दाङ्ग रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले दाङ्ग र कर्णालीलाई लिंक गर्नपर्ने कुरामा जोड दिएका थिए । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले मिलेर विकासका पूर्वाधारमा काम गर्न अनुरोध गरे ।
उनले दाङ्ग समृद्ध भए कर्णाली र कर्णाली समृद्ध भए दाङ्ग समृद्ध हुने पनि वताए । दाङ्ग विकासका दृष्टिले धेरै सम्भावना भएको जिल्ला भएको समेत उनको भनाई थियो । कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ्ग सुखेत सडक खण्ड निर्माणको अन्तिम चरणमा रहेको वताउँदै राप्ती राजमार्गका लागि १२ करोडको ठेक्का समेत भइसकेको वताए । कर्णालीका विद्यार्थीहरु दाङ्गमा धेरै पढ्नका लागि आउने भएको वताउँदै तुलसीपुर उपमहानगरपालिकासँग मिलेर संयुक्त लगानीमा कर्णाली होस्टेल निर्माणको काम अगाडी वढाउने पनि उनको भनाई थियो ।
राष्ट्रिय सभा सदस्य कोमल वलीले राप्ती राजमार्ग निर्माणको कामलाई अगाडी वढाउन कर्णाली प्रदेश सरकारको भुमिका महत्वपूर्ण हुने वताईन् । नेकपा दाङ्गका अध्यक्ष टिकाराम खड्काले कर्णाली र दाङ्ग प्रदेशका हिसाबले अलग भएपनि एकै भएको वताए । उनले तुलसीपुर विमानस्थल प्रयोग गरेर कर्णाली प्रदेशमा माउन्टेन फ्लाईट चलाउनका लागि कर्णाली प्रदेश सरकारलाई अनुरोध समेत गरे ।
वडा नम्बर ३ का वडाध्यक्ष विरवहादुर विकले दाङ्ग सल्यानको बैकल्पिक सडकको रुपमा दाङ्ग मखनटाकुरी लुहाम सडक विस्तारको पहल गर्न अनुरोध समेत गरे । कार्यक्रमको सहजिकरण तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए ।
तपाईंको प्रतिक्रिया