१० हजार नमुना परीक्षण गर्दा १९१३ जनामा संक्रमण पुष्टि
काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार ११८९ जनाको मृत्यु भएको छ भने १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र २३४९ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३८ हजार ४६१ संक्रिय संक्रिमित छन् ।
तपाईंको प्रतिक्रिया