जनमोर्चाका अध्यक्ष केसीको उपचार खर्च सरकारले व्यहोर्ने
तुलसीपुर ।
कोरोना सङ्क्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।मन्त्रिपरिषद्को आज बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले जानकारी दिनुभयो । केसीलाई हिजो कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
८० वर्षका केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।यसैबीच केसीको उपचारका लागि आर्थिक संकलन नगरिने भएको छ ।
तपाईंको प्रतिक्रिया