पार्टीको संकटबारे प्रचण्डकाे राजनीतिक प्रतिवेदन तयार

 कार्तिक २८, २०७७

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको संकटबारे राजनीतिक प्रतिवेदन तयार पारेका छन् । शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव सबै सदस्यलाई दिइएको छ ।

बैठक बोलाउन सहमति दिन माग गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई दिइएको छ । अर्को बैठक मंसिर ३ गते बस्नेछ ।

तपाईंको प्रतिक्रिया