नयाँ पाइलामा भाइ टीका कार्यक्रम स्थगन
बिजौरी ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरी हाडिमेमा रहेको नयाँ पाइला पुनस्र्थापना केन्द्रमा यस वर्षको भाइ टीका कार्यक्रम स्थागन गरिएको छ । संस्थाको शनिबार कात्तिक २९ गते बसेको बैठकको निर्णयअनुसार कोभिड १९को जोखिमका कारण विगतका वर्षहरुमा लागु पदार्थ दूव्र्यशनी उपचारार्थीहरुका लागि भाइ टीका कार्यक्रम आयोजना गरे पनि यो वर्ष भनेँ स्थगन गर्ने निर्णय गरेको छ ।
संस्थाका कार्यकारी निर्देशक सुरेश भुसालकाअनुसार जिल्ला प्रशासन कार्यालयको अनुरोधलाई शिरोधार्य गर्दै भाइ टीका कार्यक्रममा विभिन्न क्षेत्र र समुदायबाट आउने भएकाले एकाघरमा मात्र कार्यक्रम सीमित गर्न आग्रह गरिएकाले स्थगन गरिएको हो । संस्थामा ५० जनाभन्दा बढी उपचारार्थीहरु रहेका छन् ।
बैठकले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै स्थगन कार्यबाट दिदी बहिनीहरुमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरेको संस्थाका प्रेस सल्लाहकार गोकर्ण पौडेलले जानकारी दिनुभएको छ ।
तपाईंको प्रतिक्रिया