पाकीस्तानी सेनाको गोली लागेर एक जनाको मृत्यु

 मङि्सर १२, २०७७


तुलसीपुर ।

भारतको जम्मुकाश्मीरमा पाकीस्तानी सेनाको गोली लागेर दाङका एक जनाको मृत्यु भएको छ । आज बिहान ५ बजे तीर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी ३० बर्षीय प्रेम केसीको मृत्यु भएको हो । उनि विगत १४ बर्ष देखि ‘ईन्डियन आर्मी’को रुपमा कार्यरत थिए । त्यहाको सेनापोष्टमा डिउटीमा रहेका बेला पाकिस्तानी सेनाले चलाएको गोली लागेर उनको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । उनि सहित अर्का भारतिय नागरीकको पनि मृत्यु भएको बताईएको छ । उनाको शब लिन उनका आफन्तहरु जम्मुकाश्मीर तर्फ प्रस्थान गरेका छन ।

तपाईंको प्रतिक्रिया