राजतन्त्रको पक्षमा दाङमा र्याली

 मङि्सर १८, २०७७

तुलसीपुर ।
दाङको घोराहीमा राजतन्त्रका पक्षमा ¥याली निकालिएको छ । घोराहीस्थित ट्राफिक चोकवाट मध्यान्न तिर मोटरसाईकल र कारसहितको ¥याली सुरु भएको हो । झन्डै ३ सय जति मोटरसाईकल र कारसहितको ¥यालीले बजारका विभिन्न भागको परिकर्मा गरेको थियो । ¥यालीका सहभागिहरुले ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, गणतन्त्र धोका हो, हिन्दु राज्य सहितको राजतन्त्र चाहिन्छ,’ भन्ने जस्ता नाराहरु लगाएका थिए । ¥यालीका सहभागिहरुले राष्ट्रिय झण्डा बोकेका थिए ।

‘देशभक्त नागरिक’को नामवाट भएको ¥याली पछि घोराहीको तुलसीपुर चोकमा आएर कोण सभा गरेका थिए । कार्यक्रमलाई भोलानाथ योगी, कुलबहादुर घर्ती, उमाकान्त भण्डारी, भानु केसी लगाएले सम्वोधन गरेका थिए ।

तपाईंको प्रतिक्रिया