कोरोनाबाट तुलसीपुरका ३ जनाको मृत्यु
तुलसीपुर ।
तुलसीपुरमा एकैदिन तिन जनाका पुरुषको कोरोना संक्रमणबाट निधन भएको छ ।
बाकेमा उपचारको क्रममा गयराती उनिहरुको निधन भएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन । उपमहानगरपालीकाको वडा नम्बर ५ का ८१ बर्षका पुरुषको भेरी अस्पतालमा निधनभ भएको हो । उनि मंसीर १३ गते अस्पतालमा भर्ना भएका थिए ।
यस्तै, वडा नम्बर ११ का ४५ बर्षिय पुरुषको उपचारको क्रममा निधन भएको छ । उनलाई मंसीर ४ गते कोरोना देखिएको थियो । त्यसैगरी वडा नम्र १६ निवासी २६ बर्षका पुरुषको नेपालगञ्जमा उपचारको क्रममा निधन भएको हो । उनि मंसीर १० देखि अस्पतालमा भर्ना भएका थिए ।
थप तिन जनाको निधन भएसगै तुलसीपुरमा कोरोनाबाट निधन हुनेको संख्या १७ पुगेको फोकल पर्सन केसीले जानकारी दिएका छन ।
तपाईंको प्रतिक्रिया