अख्तियारद्वारा इन्जिनियर विरुद्ध मुद्दा दायर
तुलसीपुर ।
नुवाकोटको एक नगरपालिकामा कार्यरत इन्जिनियर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । एक महिना अगाडि बट्टारबजारबाट घुस लिएको आरोपमा अख्तियारको टोलीद्वारा पक्राउ परेका बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर पर्वत पौडेल विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
अदुवाबारी खानेपानी योजनाको अन्तिम बजेट निकासा र निर्माण सम्पन्न घरको घर निर्माण स्थायी इजाजत पत्र दिए बापत ७५ हजार रुपैयाँ घुस लिएको आरोपमा इन्जिनियर पौडेलविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
तपाईंको प्रतिक्रिया