नेकपाका दुवै अध्यक्षका प्रस्तावमाथि स्थायी कमिटीको बैठकमा छलफल हुने

 मङि्सर २०, २०७७

काठमाण्डाै ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयमा पेश भएका दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा छलफल हुने भएकाे छ । आज झण्डै ४ घण्टा बसेको सचिवालय बैठकले दुवै अध्यक्षका प्रस्तावलाई छलफलको लागि स्थायी कमिटीको बैठकमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्थायी कमिटीको बैठक भोलि दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता गरेर सहमतिमा नयाँ प्रस्ताव बनाउनुपर्ने बताए पनि प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता नलिने अडान राख्नुभएको थियो । दुवै अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव सचिवालयमा पेश गरेपछि नेकपाभित्र विवाद चुलिँदो छ ।

ओलीले बैठक नै बस्न आनाकानी गर्दै आउनुभएको छ भने सचिवालयका अरु सदस्यले दुवै अध्यक्षका प्रस्ताव बैठकमै छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताउँदै आएका छन् । आजको बैठक सुरु हुनुअघि ओली र प्रचण्डबीच छलफल भएको थियो । ओली र प्रचण्डबीच २५ दिन पछि एक्लाएक्लै छलफल भएको हो ।

तपाईंको प्रतिक्रिया