बाँकेमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु

 मङि्सर २१, २०७७

बाँके ।

बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका- ६ का ३५ वर्षीय पुरुषको उपचारकाक्रममा आज बिहान ४:१५ बजे मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार ती पुरूषमा यही मंसिर १५ गते संक्रमण पुष्टि भएपछि भर्ना गरिएको थियो ।

तपाईंको प्रतिक्रिया