मनकारी गगन, जस्ले गाउँका विपन्नलाई कम्बल बाडे

 मङि्सर २१, २०७७

तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ बेलटाकुरा निवासी गगन शाहले गाउँका बिपन्न घरपरीवारलाई कम्वल वितरण गरेका छन । जाडोयामको समयमा विपन्न तथा एकल महिलालाई न्यानो प्रदान गर्नका लागी उनले कम्बल वितरण गरेका हुन । आफ्नै निवासमा आयोजित एक कार्यक्रममा गगन शाह र श्रीमती चादनी शाहले चार घर परीवारलाई कम्बल वितरण गरेका थिए ।


त्यस अवसरका उनका बुवा तप्त बहादुर शाह,नेकपा तुलसीपुर ११ नम्बर कमिटिका अध्यक्ष लोकजङ्ग शाह,कृष्णमन्दीर टोलको अध्यक्ष ओविर बहादुर चन्द,भुह्यार टोलका अध्यक्ष करमदास चौधरी लगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा बोल्ने बत्ताहरुले समाजमा रहेका असहाय,बिपन्न समुदाय प्रति सहयोग भावना देखाएको भन्दै शाह दम्पतीको प्रशंसा गरेका थिए ।

तपाईंको प्रतिक्रिया