प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आह्वान

 मङि्सर २२, २०७७

तुलसीपुर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफलका लागि प्रधानमन्त्रीले बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । बैठक भोली बिहान ११ बजे बालुवाटारमा बस्ने छ ।

प्रधानमन्त्री ओलीले यसअघि भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न गत जेठमा पनि सर्वदलीय बैठक बोलाउनुभएको थियो ।

तपाईंको प्रतिक्रिया